• २०८३ कार्तिक ६, बिहीबार
  • 2026 October 22, Thursday
  • Unicode Converter

उद्योग व्यापार महासंघको चौथौं वार्षिक साधारण सभामा बागलुङ शाखा सम्मानित

बागलुङ, २३ वैशाख

नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन बागलुङ नेपाल उद्योग व्यापार महासंघको चौथौं वार्षिक साधारण सभा तथा दोस्रो महाधिवेशनमा सम्मानित भएको छ ।

शुक्रबार नवलपुर, गैडाकोटकोमा सम्पन्न नेपाल उद्योग व्यापार महासंघको वार्षिक साधारण सभामा देशभरको समिति मध्ये बागलुङ शाखालाई उत्कृष्ठ रहेको जनाउँदै सम्मानित भएको हो ।

नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन बागलुङका अध्यक्ष मुकेशचन्द्र राजभण्डारीले सम्मानित हुनु समग्र बागलुङको उद्योगी व्यवसायीहरुको लागि सुखद भएको र यस सम्मानले अझ व्यवसायीको हितमा आफू केन्द्रीत हुने बताउनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल राष्ट्र बैंकका गभर्नरका प्रा।डा। विश्वनाथ पौडेल, नेपाल उद्योग व्यापार महासंघका अध्यक्ष खिम लाल भण्डारी र महासचिव खिम नारायण पराजुलीले राजभण्डारीलाई दोसल्ला र सम्मान पत्रले सम्मान गरेका हुन् ।

त्यसैगरी, बागलुङ शाखाले समस्यामा परेका उद्योगी व्यवसायीलाई सहयोग गर्नुका साथै उद्यमीहरुको क्षमता बृद्धि लगायतका कार्यहरु गर्दै आएको छ ।