• २०८३ कार्तिक ५, बुधबार
  • 2026 October 21, Wednesday
  • Unicode Converter

सार्वजनिक जग्गा संरक्षण गर्न स्थानीय तहलाई बागलुङ प्रशासनको पत्राचार

बागलुङ, २१ वैशाख

सरकारी तथा सार्वजनिक जग्गाको संरक्षण र व्यवस्थापन गर्न जिल्ला प्रशासन कार्यालय, बागलुङले जिल्लाका सबै स्थानीय तहलाई पत्राचार गरेको छ ।

स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई सम्बोधन गरिएको पत्रमा सार्वजनिक तथा सरकारी जग्गामा भइरहेको अतिक्रमण तत्काल हटाउन र यस्ता गतिविधि रोक्न सक्रिय रूपमा लाग्न आग्रह गरिएको छ।

नेपाल सरकारको निर्णयअनुसार सरकारी तथा सार्वजनिक जग्गा संरक्षणसँगै अतिक्रमण नियन्त्रण अभियानलाई तीव्रता दिनुपर्ने पत्रमा उल्लेख गरिएको छ। प्रशासनले सम्बन्धित निकायबीच समन्वय गर्दै सार्वजनिक सम्पत्तिको संरक्षणमा जिम्मेवार भूमिका निर्वाह गर्न आग्रह गरेको छ।

साथै, सार्वजनिक जग्गा अतिक्रमण गर्ने गतिविधिलाई नियन्त्रण गरी कानुनी दायरामा ल्याउनसमेत सचेत गराइएको छ। प्रशासनले सार्वजनिक जग्गाको संरक्षण र अभिलेख व्यवस्थापन गर्न अनुरोध गरेको हो ।