बागलुङ, २८ चैत
प्रबुद्ध युवा समूह बागलुङको अध्यक्षमा रोहित सुनार चयन भएका छन् । समूहको शनिबार सम्पन्न दोस्रो अधिवेशन तथा चौथो साधारण सभाले अध्यक्षमा सुनारलाई चयन गरेको हो । यो उनको दोस्रो कार्यकाल हो ।
समूहको उपाध्यक्षमा रेजिना खत्री, सचिवमा अन्जान बोसेल, कोषाध्यक्ष वर्षा प्रधान, सह–सचिवमा जान्वी नायर चुनिएका छन् । सदस्यहरुमा सक्षम श्रेष्ठ, सागर विक, रोहन सुनार, मनिषा पौडेल, रेजिना सुनार चयन भएका छन् ।
संरक्षकहरुमा विजय राना, रोमन घमाल, राजेश बोहरा चुनिएका छन् । सल्लाहकारमा दिलिप प्रतेल, बिशेष पराजुली, सुमन बोहरा, जेनिशा नायर चुनिएका छन् । कार्यक्रममा कोषाध्यक्ष रेजिना खत्रीले आर्थिक प्रतिवेदन र उपाध्यक्ष अन्जान बोसेलले प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा बोल्दै वरिष्ठ सल्लाहकार राजेश बोहोराले समूहले समाज राम्रो काम गर्दै आएको बताए ।
उनले समुहले सांस्कृतिक, सांगीतिकलगायतका रचनात्मक कार्य गरेकोमा प्रशंसा गरे । समूहका अध्यक्ष रोहित सुनारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष अन्जान बोसेल र सञ्चालन सल्लाहकार दिलीप प्रतेलले गरेका थिए ।
