बागलुङ, २३ चैत
बागलुङ जेसीजको आयोजनामा सोमबारदेखि ‘चौथो जेसीज कप फुटबल प्रतियोगिता’ सुरू भएको छ । प्रतियोगिताको काठेखोला गाउँपालिकाका उपाध्यक्ष तेजबहादुर थापाले ट्रफी अनावरणसहित शुभारम्भ गरे ।
उनले खेल क्षेत्रको विकासमा बागलुङ जेसीजले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए । जेसीजले युवाको नेतृत्व तथा व्यक्तित्व विकासमा उल्लेखनीय योगदान पुर्याएको उनको भनाइ छ ।
युवालाई खेलप्रति आकर्षित गर्दै नयाँ खेलाडीको पहिचान गर्ने तथा खेलकुदमार्फत बागलुङलाई पर्यटनसँग जोड्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बागलुङ जेसीजकी अध्यक्ष अन्जिला श्रेष्ठले जानकारी दिइन्।
प्रतियोगितामा १४ टोलीको सहभागिता रहेको खेल संयोजक शुभम राजभण्डारीले बताए। सोमबारदेखि सुरु भएको प्रतियोगिता शनिबारसम्म सञ्चालन हुनेछ।
कपको विजेताले रु। २ लाख र उपविजेताले रु। १ लाख नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। साथै, उत्कृष्ट खेलाडीहरूलाई विभिन्न विधामा पुरस्कार प्रदान गरिनेछ।
जेसीज वर्ष २०२६ की अध्यक्ष अन्जिला श्रेष्ठको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रमको सञ्चालन खेल संयोजक शुभम राजभण्डारीले गरेका थिए ।
