बागलुङ, २२ चैत्र
युआरएल डाइग्नोष्टिक का अध्यक्ष ठाकुर प्रसाद पन्तले युआरएल डाइग्नोष्टिक ल्याबबाट सेवाग्राहीले सहज र गुणस्तरी सेवा प्राप्त गरिरहेको बताएका छन् । युआरएल धौलागिरी डाइग्नोष्टिक प्रालिको प्रथम साधारणसभाका अवसरमा उनले गुणस्तरीय ल्याब सेवाका कारण रोग पहिचान र उपचार प्रक्रिया सहज भएको बताए।
शनिबार बागलुङ बजारस्थित होटल इला कम्फर्टमा साधारण सभा सम्पन्न भएको हो । बागलुङ बजारमा पहिलोपटक आवस्यक सबै मापदण्ड पूरा गरी युआरएल धौलागिरी डाइग्नोष्टिक संचालन गरिएको डाइरेक्टर दिनेश जिसीले बताए ।
ल्याव रिपोर्टका लागि लामो समय पर्खनुपर्ने अवस्थाको अन्य भएको भन्दै जिसीले ल्याब सञ्चालनमा आएपछि बिरामीको समय र पैसाको बचत भएको बताए ।
कम्पनीका अध्यक्ष ठाकुर प्रसाद पन्तको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा बोर्ड सदस्य मिनप्रसाद पौडेले स्वागत मन्तव्य व्यक्त गरेका थिए । प्रबन्धक गणेशप्रसाद पन्तको संचालनमा कार्यक्रम सम्पन्न भएको हो ।
