• २०८३ कार्तिक ६, बिहीबार
  • 2026 October 22, Thursday
  • Unicode Converter

नक्कली नोटको कारोबारमा संलग्न रहेको आशङ्कामा अधिवक्ता चर्मकार पक्राउ

बागलुङ, १५ चैत

नक्कली नोटको कारोबारमा संलग्न रहेको आशङ्कामा जिल्ला प्रहरी कार्यालय, बागलुङले अधिवक्ता यामबहादुर चर्मकारलाई पक्राउ गरेको छ । शनिबार पक्राउ परेका उनलाई आइतबार अदालतबाट म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको प्रहरी उपरीक्षक तिलक भारतीले जानकारी दिए ।

“नक्कली नोटको कारोबारमा संलग्न रहेको आशङ्कामा चर्मकारलाई नियन्त्रणमा लिइएको हो”, उनले भने, “यस प्रकरणमा गहिरो गरी प्रहरीले अनुसन्धान सुरु गरेको छ ।” केही दिनअघि बागलुङ बजारमा रु. एक हजारका नक्कली नोट भेटिएपछि प्रहरीले अनुसन्धान सुरु गरेको हो ।

सदरमुकाममा विभिन्न बैंकमा एउटै नम्बर भएका रु. एक हजारका नक्क्ली नोट फेला परेका थिए । नक्कली नोट बनाउने र कारोबारमा संलग्नहरुको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।