पोखरा, १ चैत
राष्ट्रिय समाचार समिति ९रासस० र प्रेस रजिष्ट्रारको कार्यालय, गण्डकी, प्रदेशबीच आपसी सहकार्य र समन्वय अभिवृद्धि गर्ने विषयमा छलफल भएको छ ।
राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झा र गण्डकी प्रदेशका प्रेस रजिष्ट्रार बिमला भण्डारीबीच भएको भेटमा राससले पोखरामा निर्माण गर्ने ‘गण्डकी आमसञ्चार विकास तथा अनुसन्धान केन्द्र’का लागि प्रदेश सरकारका तर्फबाट आवश्यक सहयोग ल्याउन पहल गर्ने विषयमा छलफल भएको हो ।
सो क्रममा अध्यक्ष झाले राससले आफ्नो सेवा विस्तारसँगै प्रेदश सरकार र स्थानीय तहसँग सहकार्यको नीति लिएको बताउनुभयो ।
उहाँले ‘गण्डकी आमसञ्चार विकास तथा अनुसन्धान केन्द्र’ निर्माणका लागि पहल अगाडि बढाएको बताउनुभयो । अध्यक्ष झाले उक्त आयोजनाको प्रस्तावमा गण्डकी प्रदेश सरकारले सकारात्मक निर्णय लिने विश्वास व्यक्त गर्नुभयो ।
प्रेस रजिष्ट्रार भण्डारीले प्रदेशस्तरमा रासससँग सहकार्य गर्न आफूहरू तयार रहेको बताउनुभयो । उहाँले प्रेस रजिष्ट्रार कार्यालयका योजना र कार्यक्रमबारे जानकारी गराउनुभएको थियो । सत्यतथ्य, आधिकारिक र विश्वसनीय समाचारमार्फत आमनागरिकलाई सुसूति गराउँदै आएको मुलुकको एकमात्र समाचार समिति रासससँग प्रेदश सरकारले सहकार्य र समन्वय गर्ने उहाँको भनाइ थियो ।
पोखरा महानगरपालिका–९ नयाँबजारस्थित राससको गण्डकी प्रदेश कार्यालय रहेको स्थानमा आमसञ्चार विकास तथा अनुसन्धान केन्द्र निर्माण गर्न आर्थिकलगायत आवश्यक सहयोगका लागि प्रदेश सरकारसँग प्रस्ताव अगाडि बढाइएको छ ।
राससको आफ्नै जग्गामा उक्त केन्द्र निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर०समेत तयार भइसकेको छ । करिब तीन रोपनी क्षेत्रफलको उक्त जग्गामा भूमिगत पार्किङसहितको व्यावसायिक भवन बनाउने राससको योजना छ । ‘गण्डकी आमसञ्चार विकास तथा अनुसन्धान केन्द्र’ रहने उक्त भवनमा सुविधासम्पन्न कार्यालय, सभाकक्ष, रेडियो, टेलिभिजन स्टुडियो, खाजाघर, भोजनालयलगायत संरचना बन्ने जनाइएको छ ।
प्रदेश सरकारसँगको साझेदारीमा बन्ने उक्त केन्द्रमार्फत नागरिकको सूचनाको हक सुनिश्चित गर्न, सङ्घ, प्रदेश र स्थानीय तहका निर्णय सहज रुपमा प्राप्त गर्न, डिजिटल प्रविधिमा आधारित पत्रकारिताको विकास र पत्रकारको दक्षता अभिवृद्धिमा टेवा पुग्ने राससले विश्वास लिएको छ । प्रदेशस्तरमा डिजिटल साक्षरता र पारदर्शी प्रशासनलाई सुशासन कायम गर्नमा सहयोग पु¥याउने अपेक्षा लिइएको छ ।
