बागलुङ, १७ फागुन
आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बागलुङमा दुई अस्थायी मतदान केन्द्र निर्धारण गरिएको छ । अस्थायी मतदाताका लागि काराकार र जिल्ला समन्वय समितिको कार्यालयमा अस्थायी मतदान केन्द्र तोकिएको छ । जिल्लामा दुई हजार ४८ जना अस्थायी मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । निर्वाचनमा खटिने कर्मचारी, सुरक्षाकर्मी र कारागारमा रहेका कदीबन्दीले अस्थायी मतदान केन्द्रमा मतदान गर्नेछन् ।
अस्थायी मतदाताले समानुपातिकतर्फ मतदान गर्न पाउने व्यवस्था छ । बागलुङसहित गण्डकी प्रदेशका ११ वटै जिल्लामा कुल १७ वटा अस्थायी मतदान केन्द्र निर्धारण गरिएको छ । गोरखा, पर्वत, म्याग्दी, तनहुँ, कास्की र बागलुङमा दुईरदुई वटा र नवलपुर, स्याङ्जा, मनाङ, मुस्ताङ र लमजुङमा एकरएक वटा अस्थायी मतदान केन्द्र तोकिएको प्रदेश निर्वाचन कार्यालय, पोखरामा प्रमुख नारायण ढकालले जानकारी दिए ।
गण्डकी प्रदेशमा अस्थायी मतदाता २१ हजार छ सय ९३ जना रहेका छन् । प्रदेशभर कुल १८ लाख ७० हजार ६५ मतदाता छन् । प्रदेशमा एक हजार दुई सय ९७ मतदानस्थल र दुई हजार तीन सय ९६ मतदान केन्द्र कायम गरिएको छ। निर्वाचन सम्पन्न गर्न झण्डै २१ हजार कर्मचारी र स्वयंसेवक परिचालन गरिने भएको छ । तीमध्ये १४ हजार ३५० कर्मचारी र ७ हजार ६५ स्वयंसेवक रहेन छन् ।
गण्डकी प्रदेशका १८ निर्वाचन क्षेत्रमा ३० स्वतन्त्र उम्मेदवारसहित दुई सय ३४ जना उम्मेदवार चुनावी मैदानमा छन् । जसमध्ये २९ महिला र दुई सय पाँच पुरुष उम्मेदवार रहेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।
