• २०८३ कार्तिक ८, शनिबार
  • 2026 October 24, Saturday
  • Unicode Converter

भीम श्रीसको प्रतिज्ञा पत्र : ‘३७ वडा ३७ सम्पदा ३७ प्रतिबद्धता’

बागलुङ, १३ फागुन

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली काँग्रेसबाट बागलुङ–१ मा उम्मेदवार रहेका भीम श्रीसको प्रतिज्ञा पत्र सार्वजनिक भएको छ । मंगलबार बागलुङ बजारमा आयोजित कार्यक्रममा उम्मेदवार श्रीससहित काँगेसका नेता–कार्यकर्ताले संयुक्त रुपमा प्रतिज्ञा पत्र सार्वजनिक गरे ।

उक्त अवसरमा बोल्दै श्रीसले आफू निर्वाचित भएमा नीतिगत सुधारको अगुवाई बताए । उनले विद्यमान ऐन, कानुनमा भएका समस्यालाई हटाएर सार्वजनिक सेवा प्रवाह र विकास निर्माणलाई तीब्रता दिन आफूले संसद्मा सक्रिय भूमिका खेल्ने उल्लेख गरे । उनले बागलुङ–१ को समग्र भौतिक प्रगतिका लागि योजनाबद्ध विकासको खाका कोर्नुपर्ने बताए । श्रीसले बलेवा विमानस्थललाई सहासिक खेल र हवाई उडान तालिम केन्द्रका रुपमा विकास गर्नुपर्ने बताए ।

बाङ्गेचौर खेल मैदानलाई बहुउद्देश्यीय खेल मैदानका रुपमा विकास गर्न आफूले पहल लिने बताए । ‘३७ वटा ३७ सम्पदान ३७ प्रतिबद्धता’सहितको उक्त प्रतिज्ञा पत्रमा विभिन्न विषयलाई समेटिएको छ । सार्वजनिक सेवा प्रवाहलाई झञ्झटरहित र चुस्त बनाउन कानुनी सुधारदेखि अव्यवस्थित नदी दोहनलाई नियन्त्रण गर्नेसम्मका प्रतिबद्धता उल्लेख गरिएको छ । सो अवसरमा नेपाली काँग्रेस बागलुङका सचिव हरिहर शर्माले प्रतिज्ञा पत्रमा समावेश गरिएका विषयवस्तुका बारेमा जानकारी गराएका थिए ।