बागलुङ, ११ फागुन
बागलुङको गलकोट नगरपालिका–७ मल्म घर भई हाल काठमाडौँमा रहेका राजु थापा र सारा खत्री थापाले आफ्नी छोरी प्रिसाको जन्मदिनको अवसर पारेर मानवसेवा आश्रम, बागलुङ शाखामा भोजन सेवा अर्पण गरेका छन् । सोमबार मल्मका वडाध्यक्ष राज थापा, नेपाल पत्रकार महासङ्घ, बागलुङका अध्यक्ष राम थापा, आश्रमका अभिभावक ललिता थापा, प्रिसाकी फुपू दीपा थापालगायतको उपस्थितिमा भोजन सेवा प्रदान गरिएको हो ।
उक्त अवसरमा वडाध्यक्ष थापाले जन्मदिन जस्ता विशेष अवसर पारेर मानवसेवा आश्रमलाई सहयोग गर्नु पुण्यको काम भएको बताए । सडकआश्रित मानवहरुको उद्धार, हेरचाह र पुर्नस्थापनाका लागि मानवसेवा आश्रमले पु¥याएको योगदान अमूल्य रहेको उनको भनाइ छ । नेपाल पत्रकार महासङ्घ, बागलुङका अध्यक्ष राम थापाले मानवसेवा आश्रमले मानवता प्रवद्र्धनका क्षेत्रमा खेलेको भूमिकाको प्रशंसा गरे । उनले आश्रममा आश्रल लिइरहेकाहरुको सुस्वास्थ्य र दिर्घायूको कामना गरे ।
आश्रमकी शुभेच्छुक दीपा थापाले आश्रममा भोजन सेवा अर्पण गर्न पाउँदा खुसी लागेको बताइन् । प्रिसाका बुबा राजु थापाले छोरीको जन्मदिनको अवसर पारेर आश्रमको सेवामा जोडिन पाएकामा खुसी व्यक्त गरे । उनले छोरीको जन्मदिनले मानवीय सेवाका काममा लागिरहन प्रेरणा दिएको बताए । आश्रमकी संयोजक विपना तामाङले प्रिसाको परिवारबाट ७० जना आश्रित व्यक्तिहरुलाई रु. दस हजार पाँच सय बराबरको भोजन सेवा गराइएको बताइन् ।
जन्मदिनलगायत अन्य अवसरमा विभिन्न व्यक्तिहरुले भोजन सेवा अर्पण गर्ने गरेको सुनाइन् । मानवसेवा आश्रमले सडकआश्रित मानवहरुको व्यवस्थापन, औषधोपचार र पालनपोषण गर्दै आएको छ । अशक्त, बेसहारा र अभिभावकविहीनहरुलाई आश्रय दिइरहेको आश्रमको बागलुङमा आफ्नै भवन निर्माणाधीन अवस्थामा रहेको छ ।
