• २०८३ कार्तिक ४, मङ्गलबार
  • 2026 October 20, Tuesday
  • Unicode Converter

धवलागिरि प्रादेशिक अस्पतालमा मनोरोग उपचार सेवा सुरु

बागलुङ, ९ फागुन

धवलागिरि प्रादेशिक अस्पतालले मनोरोग सम्बन्धी परामर्श र उपचार सेवा सुरु गरेको छ। अब अस्पतालमा हरेक महिनाको दोस्रो शनिबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका मानसिक रोग विशेषज्ञ डा. सुन्दर रानाभाटले बिरामीको परामर्श र उपचार प्रदान गर्नेछन्।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष श्रीप्रसाद शर्माले स्वास्थ्य बीमाबाट पनि सेवा प्राप्त गर्न सकिने बताए। उनले भने, “तत्कालको लागि मासिक रूपमा यो सेवा सुरू गरिएको छ, यसबाट मनोरोगसँग सम्बन्धित बिरामीले लाभ पाउनेछन्। हामी स्थायी चिकित्सकको व्यवस्था नभएसम्म यसरीनै निरन्तर सेवा दिदै स्थायी रुपमा चिकित्सकको व्यवस्थापनका लागि पनि पहल गरिरहेका छौं।”

अस्पतालमा पहिले पनि मनोरोग विशेषज्ञ चिकित्सकको दरबन्दी रहेको भएता पनि नियमित सेवा सञ्चालन हुन सकेको थिएन। यसअघि मानसिक रोगका बिरामीहरू विशेषज्ञ चिकित्सकको अभावमा पोखरा, काठमाडौंलगाएतका अस्पतालमा जानुपर्ने बाध्यता थियो।