• २०८३ कार्तिक ७, शुक्रबार
  • 2026 October 23, Friday
  • Unicode Converter

काठेखोलामा नेकपा र राजमोको चुनावी अभियान

बागलुङ, ५ फागुन

नेपाली कम्युनिस्ट पार्टी र राष्ट्रिय जनमोर्चाको संयुक्त चुनावी अभियान यतिबेला काठेखोला गाउँपालिकामा केन्द्रित छ । सोमबार तंग्राममा आयोजित चुनावी कार्यक्रम दुवै दलका तर्फबाट साझा उम्मेदवार बनेका कृष्ण अधिकारीले राष्ट्रियताको रक्षाका लागि आफूहरूलाई मतदान गर्न आग्रह गरेका छन् ।

उनले नाङ्गो वैदेशिक हस्तक्षेपका कारण राष्ट्रियता कमजोर बन्दै गएको बताए । अधिकारीले भने, “नेपालको राष्ट्रियतामाथी धावा बोलिदैँछ, दैनानुदिन राष्ट्रियता कमजोर भइरहेको छ, त्यसैले राष्ट्रियता जोगाउनेहरुलाई मतदान गर्न आग्रह गर्दछु ।” उनले आफु र पार्टी राष्ट्रियताको विषयमा सदैव गम्भीर रहेको बताए ।

बागलुङ निर्वाचन क्षेत्र न। १ मा अधिकारी गिलास चुनाव चिन्हबाट निर्वाचन लड्दैछन् । कार्यक्रममा नेपाली कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य कृष्ण केसीले मन्तव्य व्यक्त गरेका थिए ।निर्वाचन परिचालन समिति तंग्रामका सदस्य नर बहादुर थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन मिलन थापाले गरेका थिए ।