• २०८३ कार्तिक ४, मङ्गलबार
  • 2026 October 20, Tuesday
  • Unicode Converter

स्कुल भ्यान दुर्घटना हुँदा २३ विद्यार्थी घाइते, तीनको अवस्था गम्भीर

बागलुङ, २९ माघ

बागलुङ नगरपालिका–३ शिवधाराचोक नजिक स्कुल भ्यान दुर्घटना हुँदा २३ जना विद्यार्थी घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक बसन्त पाण्डेले जानकारी दिए । घाइतेको नाम नखुलेको उनले बताए ।

बागलुङ नगरपालिका–१ रामरोखास्थित न्यू एभरेष्ट एकेडेमीको ग.३ च ८६२१ नं.को भ्यान दिउँसो साढे चार बजे दुर्घटनामा परेको थियो । गम्भीर घाइतेलाई पोखरा पठाउने तयारी भइरहेको जनाइएको छ । घाइतेको अहिले धवलागिरि प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।