बागलुङ, १९ माघ
बागलुङमा आइतबारदेखि निर्वाचन प्रहरीको तालिम सुरू भएको छ । जिल्ला प्रहरी कर्यालय बागलुङ, इलाका प्रहरी कार्यालय गलकोट, बुर्तिवाङ, र बरेङमा निर्वाचन प्रहरीको तालिम सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक तिलक भारतीले जानकारी दिए ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन सुरक्षार्थ बागलुङमा १२ सय ४० निर्वाचन प्रहरी तालिममा सहभागी भएको भारतीले बताए ।बलबाट सेवानिवृत्त पूर्वसुरक्षाकर्मी, पूर्ववनरक्षक, यसअघि सम्पन्न भएका विभिन्न निर्वाचनमा म्यादी प्रहरीका रूपमा सन्तोषजनक काम गरेका व्यक्ति र विदेशी मित्र राष्ट्रका सुरक्षानिकायमा काम गरी सेवानिवृत्त भएका नेपाली नागरिकलाई प्राथमिकता दिइएको छ ।
निर्वाचन प्रहरीलाई दस दिनसम्म तालीम दिइने जनाइएको छ । निर्वाचन प्रहरीको कार्य अवधि ४० दिन तोकिएको छ। निर्वाचन प्रहरीले ४० दिनको रु. ३४ हजार ७७६, खाद्यान्न र पोसाकबापतको रकम, तयारी खर्च रु. ८४६ र चार दिनको खाजा खर्च रु. एक हजार २०० उपलब्ध गराइने भएको छ ।
