• २०८३ कार्तिक ४, मङ्गलबार
  • 2026 October 20, Tuesday
  • Unicode Converter

दुर्गेशको ‘नाच नाच भाइ नाच’ सार्वजनिक

बागलुङ, ११ माघ

गायक दुर्गेश थापाको नयाँ गीत ‘नाच नाच भाइ नाच’ शनिबार साँझ युट्युबमा सार्वजनिक भएको छ । आफ्नो र छोरा दक्षितको जन्मदिन पारेर थापाले  उक्त गीत ल्याएका हुन् । दुर्गेशको शब्द तथा संगीत रहेको गीतमा उनीसहित राजेशपायल राई, वर्षा इटानी र भ्योमाको स्वर छ ।

भिडियोमा दुर्गेशसहित सुरजसिंह ठकुरी, इभा गिरी, रोशन अधिकारी, भ्योमा र पेमा लामाको अभिनय रहेको छ । र्यारप गायन भ्योमाको छ । गीतमा दुर्गेशका छोरा दक्षितको पनि अभिनय देख्न सकिन्छ । दुर्गेशले गत वर्ष ल्याएको गीत ‘दुश्मन हेरेको हेरै’ सर्वाधिक सफल भएको थियो ।

उक्त गीतलाई युट्युबमा हालसम्म १५ करोडभन्दा बढीपटक हेरिएको छ । उनका ‘जाने भए जाम माया’लगायतका गीत चर्चित छन् ।