• २०८३ कार्तिक ८, शनिबार
  • 2026 October 24, Saturday
  • Unicode Converter

बागलुङमा कसैले लिएनन् उम्मेदवारी फिर्ता

बागलुङ, ९ माघ

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जिल्लाका दुई निर्वाचन क्षेत्रमा गत मङ्गलबार मनोनयनपत्र दर्ता गरेका २३ जनाकै उम्मेदवारी कायम भएको छ । बागलुङ–१ मा ११ जना र २ मा १२ जनाले मनोनयनपत्र दर्ता गराएका थिए । उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी शुक्रबार चुनाव चिन्ह प्रदान गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत पूर्णप्रसाद शर्माले जानकारी दिए ।

“स्वतन्त्र उम्मेदवार नभएकाले सबै उम्मेदवारले दल अनुसारको चुनाव चिन्ह पाए”, उनले भने, “उम्मेदवारीमा कसैको उजुरी परेन, सबैका उम्मेदवारी कायम भएको छ ।” बागलुङ–२ को निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत ऋषिराम रिजालले १२ जनाकै उम्मेदवारी कायम भएको र सबैलाई चुनाव चिन्ह प्रदान गरिएको बताए ।

बागलुङ–१ मा नेपाली कांग्रेसबाट भिमबहादुर श्रीष राना, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का हिराबहादुर खत्री, राष्ट्रिय जनमोर्चाका कृष्णप्रसाद शर्मा अधिकारी, राष्ट्रिय प्रजातन्त्र पार्टीका कल्याण आचार्य, राष्ट्रिय स्वतन्त्र पार्टीका शुशिल खड्का, प्रगतिशील लोकतान्त्रिक पार्टीका चित्र प्रसाद सापकोटा चुनावी प्रतिस्पर्धामा छन् । यस्तै नेपाल मानवतावादी पार्टीका भक्त बहादुर बवक, मंगोल नेशनल अर्गानाइजेसनबाट गुमाकुमारी बुढा राना, नेशनल रिपब्लिक नेपालबाट सहवीर थापा, श्रम सस्कृति पार्टीबाट लालबहादुर घर्ती र नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का टेकबहादुर केसीको उम्मेदवारी रहेको छ ।

यस्तै बागलुङ–२ मा नेपाली कांग्रेसका टेकराज पौडेल, नेकपा (एमाले)का का मन्जु शर्मा, नेपाली कम्युनिष्ट पार्टीका ज्ञामनाथ गैरे, राष्ट्रिय स्वतन्त्र पार्टीका सोम शर्मा र राप्रपाका अञ्चल शाही उम्मेदवार रहेका छन् । जनता समाजमादी पार्टीका पूर्णबहादुर घर्ती, मंगोल नेशनल अर्गनाइजेसनबाट जुनबहादुर थापा मगर, नेपाल मानवतावादी पार्टीका टेकप्रसाद कामी, नेशनल रिपब्लिक नेपालबाट नरबहादुर बुुढा, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट पदमबहादुर कुवँर, नेपाल कम्युनिष्ट पार्टी (माओवादी)बाट लोकेन्द्र घिमिरे र श्रम संस्कृति पार्टीबाट हर्कबहादुर पुन चुनावी मैदानमा छन् ।