• २०८३ कार्तिक ४, मङ्गलबार
  • 2026 October 20, Tuesday
  • Unicode Converter

कालिका गुठी व्यवस्थापन समितिको पदस्थापन

बागलुङ, ८ माघ

बागलुङ कालिका भगवती गुठीका नवगठित व्यवस्थापन समितिले पदभार ग्रहण गरेको छ । समितिले कालिका मन्दिरमा सामुहिक पूजा गरी पदभार ग्रहण गरेको हो । उक्त कार्यक्रममा नवनियुक्त अध्यक्ष भूपेन्द्र खड्काले मन्दिरको विकासमा नयाँ योजना बनाएर काम गर्ने बताए । बागलुङ नगरपालिका–१ का वडाध्यक्ष जयबहादुर खत्रीले गुठी संस्थानलाई गरेको परिपत्र अनुसार समिति गठन भइ आएका अनुसारका पदाधिकारीको पदभार ग्रहण सम्पन्न भएको जानकारी दिए ।

वर्षमा हेरफेर हुने समितिको अध्यक्षका लागि भदौमै नियुक्ति आएपनि केहि प्राविधिक जटिलताका कारण माघ २ गते जिम्मेवारी आएको र आफुले आज पदभार ग्रहण गरेको नव नियुक्त अध्यक्ष भुपेन्द्र खड्काले जानकारी दिए । समितिको सचिवमा सचिन खड्का, कोषाध्यक्षमा अर्जुन खड्का र सदस्यमा ध्रुव खड्का, मनोज खड्का, भूपेन्द्र खड्का ‘ध्रुव’ र शिव खड्का चयन भएका छन् ।