बागलुङ, ५ माघ
निजी तथा आवासीय विद्यालय एसोसिएसन बागलुङले मंगलबारदेखि नेशनल प्याब्सन स्पोर्ट मिट २०८२ गर्ने भएको छ ।
सोमबार बागलुङमा पत्रकार सम्मेलनको आयोजना गरेर नेशनल प्याब्सनमा आवद्ध विद्यालयहरुका बिचमा यहि माघ ६ गते देखि ८ गते सम्म दोस्रो संस्करणको स्पोर्ट्स मिट गर्न लागेको जानकारी गराइएको हो ।
प्रतियोगितामा कक्षा १० सम्म अध्ययनरत हरेक विद्यालयबाट ४५ जनाका दरले ३६० जना खेलाडीहरु सहभागी हुने प्रतियोगिताका मुल संयोजक चन्द्र बहादुर क्षेत्रीले जानकारी दिए ।
स्पोर्ट मिटमा बिभिन्न प्रतियोगिताहरु समाबेश गरिएको छ ।जसअन्र्तगत १०० मिटर दौड, २०० मिटर दौड, रिले दौड, लङ जम्प, ट्रिपल जम्प, हाई जम्प, सटपुट,ज्याबिलङ थ्रो,कबड्डी, फुटबल, महिला शिक्षकका बिच रस्सा कस्सी र पुरुष शिक्षकका बिच फुटसल प्रतियोगिता आयोजना गरिएको हो ।
प्रतियोगितामा रु।२ लाख रुपैया खर्च हुने अनुमान गरिएको छ । नेशनल प्याब्सनका नगर अध्यक्ष चन्द्र बहादुर क्षेत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचिव निसान खड्काले गरेका थिए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ बागलुङका सहसचिव डम्मर बुडामगर, जिल्ला फुटबल संघका अध्यक्ष जयराजभण्डारी, नेशनल प्याब्सनका केन्द्रिय सचिव बालकृष्ण शर्मा लगाएतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
