बागलुङ, ५ माघ
नेपाली काँग्रेसले बागलुङ–१ मा भीम श्रीसलाई प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार बनाएको छ । जैमिनी नगरपालिका–१० राङखानीका श्रीस काँग्रेसका केन्द्रीय सदस्य हुन् । उनी त्रिभुवन विश्वविद्यालयका पूर्व स्ववियू सभापतिसमेत हुन् ।
बागलुङ–२ मा काँग्रेसका केन्द्रीय सदस्य टेकराज पौडेल उम्मेदवार बनेका छन् । उनी निसीखोला गाउँपालिकाका हुन् । यससँगै जिल्लाका अधिकांश राजनीतिक दलले उम्मेदवारको टुङ्गो लगाएका छन् । निर्वाचन कार्यतालिका अनुसार मङ्गलबार उम्मेदवारको मनोनयन दर्ता हुँदैछ ।
