• २०८३ कार्तिक ४, मङ्गलबार
  • 2026 October 20, Tuesday
  • Unicode Converter

दुर्गा प्रसाईं पोखराबाट पक्राउ

पोखरा, ५ माघ

मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई प्रहरीले पोखराबाट पक्राउ गरेको छ । सोमबार दिउँसो पक्राउ पर्नुभएका प्रसाईँलाई काठमाडौँ पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक नवीन कार्कीले जानकारी दिनुभयो । “उहाँको मुद्दा काठमाडौँमा भएकाले उतै पठाउन लागिएको हो”, उहाँले भन्नुभयो ।

यसअघि आइतबार निर्वाचन आयोगले प्रसाईँलाई कारबाही गर्न माग गर्दै प्रहरीको साइबर ब्यूरोमा पत्राचार गरेको थियो । प्रसाईँले केही दिनअघि काँग्रेसको विशेष महाधिवेशन पक्षले आयोगलाई रु. ५२ करोड बुझाएको आरोपसहित एक भिडियो सार्वजनिक गर्नुभएको थियो । सोही विषयमा आयोगले प्रसाईँलाई पक्राउ गरी अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिएको थियो ।