• २०८३ कार्तिक ४, मङ्गलबार
  • 2026 October 20, Tuesday
  • Unicode Converter

जीपले ठक्कर दिँदा पाँच वर्षीय बालकको मृत्यु

बागलुङ, ३ पुस

बागलुङ नगरपालिका–४, कुँडुलेमा पिकअप जीपले ठक्कर दिँदा काठेखोला गाउँपालिका–१ का शिवप्रसाद शर्माका पाँच वर्षीय छोरा सूर्य ढुङ्गानाको मृत्यु भएको छ ।

बाटो काट्ने क्रममा ध.१ च १३३६ नं. को पिकअप जीपले ठक्कर दिँदा गम्भीर घाइते भएका बालकको उपचारका क्रममा धवलागिरि प्रादेशिक अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, बागलुङले जनाएको छ ।

जीपका चालक पर्वतको जलजला गाउँपालिका–८ का २५ वर्षीय सुनिल नेपालीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।