• २०८३ कार्तिक ३, सोमबार
  • 2026 October 19, Monday
  • Unicode Converter

लोकदोहोरी प्रतिष्ठान बागलुङको अध्यक्षमा पुनः परियार

बागलुङ, २३ कात्तिक

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, जिल्ला कार्यसमिति बागलुङको अध्यक्षमा पुनः सरस्वती खड्का परियार सर्वसम्मत निर्वाचित भएकी छिन् । शनिबार सम्पन्न प्रतिष्ठानको २२ औँ साधारणसभा तथा आठौँ जिल्ला अधिवेशनले परियारको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।

कार्यसमितिको प्रथम उपाध्यक्षमा शिव शर्मा, द्वितिय उपाध्यक्षमा प्रेम थापा, महिला उपाध्यक्ष धना सुनार, सचिव मनिष कँडेल, कोषाध्यक्ष कल्पना चालिसे, सहसचिव तुलसा थापा, सहकोषाध्यक्ष हिरा परियार र प्रवक्तामा कविता थापा ‘सीता’ चयन भएकी छिन् ।

सदस्यहरुमा सुनिता विक, प्रविण सुनार, प्रतिभा कुँवर, सृष्टी क्षेत्री, ललिता घर्ती, विनीता परियार, कल्पना सापकोटा, सरस्वती परियार, मीना परियार र तुलबहादुर विक रहेका छन् ।  कार्यसमितिको कार्यकाल तीन वर्षको हुनेछ । साधारण तथा अधिवेशनको उद्घाटन प्रतिष्ठानका केन्द्रीय सहसचिव तारानाथ आचार्यले गरेका थिए ।