• २०८३ कार्तिक ४, मङ्गलबार
  • 2026 October 20, Tuesday
  • Unicode Converter

पोखरामा ‘फाइनप्रिन्ट फिभर’

पोखरा, ११ कात्तिक

प्रकाशन संस्था फाइनप्रिन्टद्वारा आयोजित घुम्ती साहित्य उत्सव ‘फाइनप्रिन्ट फिभर’ बुधबार पोखरामा हुँदैछ । एक दिने उक्त साहित्य उत्सवमा विभिन्न लेखक तथा कलाकारले पाठकसँग प्रत्यक्ष सम्वाद गर्नेछन् । कार्यक्रममा महानायक राजेश हमाल, लेखक सुविन भट्टराई र डा नवराज केसी सहभागी हुनुहुने स्थानीय आयोजक र्‍यान्डम रिडर्स सोसाइटीले जनाएको छ ।

महानायक हमालको हालै प्रकाशित पुस्तक ‘युगदेखि युगसम्म’, लेखक भट्टराईको ‘चमेलीको फूल, बैजनी रुमाल’ र डा केसीको ‘स्वस्पर्श’बारे विभिन्न सत्रमा छलफल हुनेछ । महानायक हमालसँग अपिल त्रिपाठी, लेखक डा केसीसँग उपेन्द्र पौडेल र सुविन भट्टराईसँग सनिशा भट्टराईले सम्वाद गर्नुहुने कार्यक्रम छ । उक्त अवसरमा लेखकसँग पुस्तक हस्ताक्षर कार्यक्रम पनि रहेको छ ।

न्यूरोडको सिटी स्क्वायर ब्याङ्क्वेटमा आयोजना हुने साहित्य उत्सव दिउँसो २ बजेदेखि सुरु भई साँझ छ बजेसम्म सञ्चालन हुनेछ । कार्यक्रममा प्रवेश निःशुल्क गरिएको स्थानीय आयोजक र्‍यान्डम रिडर्स सोसाइटीले जनाएको छ । यसअघि चितवनलगायत जिल्लामा ‘फाइनप्रिन्ट फिभर’ आयोजना गरिएको थियो ।