• २०८३ कार्तिक ७, शुक्रबार
  • 2026 October 23, Friday
  • Unicode Converter

बागलुङका युवाले सडकका खाल्डाखुल्डी पुरे, गमला राखेर सजाए

बागलुङ, २१ असोज

बागलुङका दुई युवा व्यवसायी मिलेर सडकका खाल्डाखुल्डी पुर्नेदेखि बजार सरसफाइसम्मको काम गरेका छन् । उनीहरूले बागलुङ बजारका केही सडक र चोकमा फूलसहितका गमला राखेका छन् ।

सडक किनारामा फोहर संकलनका लागि डस्टबिन व्यवस्थापन गरेका छन् । सिर्जना फर्निचर उद्योगका विराट हरिजन र सगरमाथा इङ्क हाउसका नैबेद्य सिग्देल मिलेर स्वंयसेवी रूपमा बजार सरसफाइ र सौन्दर्यीकरण अभियान सुरू गरेका हुन् ।

वर्षातका बेला सडकमा परेका खाल्डाखुल्डी पनि युवाहरूले आफ्नै लगानीमा पुरेका छन् । “सिमेन्ट, बालुवा आफै किनेर काम गरेका छौं”, युवा व्यवसायी नैवेद्यले भने “खासमा यो काम नगरपालिकाले गर्नुपर्ने हो, तर स्थानीय सरकारले बेवास्ता गरेपछि हामी आफै कस्सिएका हौं ।”

यो कामलाई निरन्तरता दिने र केहि दिनमानै बिग्रीएका सडक बत्ति पनि पुनः जडान गर्नको लागि आफुहरुले मगाइसकेको नैबेद्यले बताए ।

बागलङ बजार प्रवेश गर्ने मुख्य चोक ट्राफिकचोकमानै फोहोर र खाल्डाखुल्डी देखेपछि आफुहरुले यो कामको सुरुवात गरेको सिर्जना फर्निचर उद्योगका बिराट हरिजनले बताए ।

पहिलो चरणमा ट्राफिकचोक, समीक्षालय रोड, एतिहासिक उद्यानलगायतका क्षेत्रका खाल्डाखुल्डी पुर्ने, सडक सफाइ र गमला राख्ने काम गरिएको र अब बागलुङ बजारका मुख्य सबै सडकमा सरसफाइको काम गर्ने योजना रहेको विराटले बताए ।