• २०८३ कार्तिक १, शनिबार
  • 2026 October 17, Saturday
  • Unicode Converter

ताराखोलाका घर्ती मगर दरमखोलामा मृत भेटिए

बागलुङ, ६ असोज

गत भदौ २१ गतदेखि बेपत्ता रहेका ताराखोला गाउँपालिका–२ अर्गलका भीमबहादुर घर्ती मगर मृत अवस्थामा फेला परेका छन् । गलकोट नगरपालिका–६ राजाको पुल नजिक दरमखोलामा आज दिउँसो उनको शव भेटिएको इलाका प्रहरी कार्यालय, गलकोटका प्रहरी जवान सूर्जे कामीले जानकारी दिए ।

स्थानीय सञ्जिव विकले माछा मार्ने क्रममा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । २३ वर्षीय घर्तीको शवलाई पोष्टमार्टमका लागि गलकोट नगर अस्पतालमा लगिएको उनले बताए । घर्ती गत भदौ २१ गते मोटरसाइकलबाट नरेठाँटी दिदीको घरमा जाने क्रममा बेपत्ता भएका थिए । भदौ २२ गते बिहान घर नजिकको खोलाछेउ मोटरसाइकल भेटिएपछि उनको खोजी भइरहेको थियो ।