बागलुङ, ४ असोज
गत भदौ २३ र २४ गते भएको ‘जेनजी’ आन्दोलनका क्रममा सहादत प्राप्त गरेका युवाहरुको सम्मानमा नेपाली कांग्रेस, बागलुङले आज साँझ दीप प्रज्वलनसहित श्रद्धाञ्जली व्यक्त गरेको छ । बागलुङ बजारस्थित लोकतान्त्रिकचोकमा कांग्रेसका नेता, कार्यकर्ता, शुभेच्छुकलगायतको उपस्थितिमा दीप प्रज्वलन आयोजना गरिएको हो ।
‘जेनजी’ आन्दोलनका क्रममा ज्यान गुमाएकाहरुको १३औँ दिनको पुण्य तिथि पारेर आज सबै जिल्लामा पार्टीले श्रद्धाञ्जली कार्यक्रम आयोजना गरेको नेपाली कांग्रेस बागलुङका सचिव हरिहर शर्माले जानकारी दिए । उनले आन्दोलनका क्रममा युवाहरुले उठाएका माग र मुद्दालाई राज्यले सम्बोधन गर्नुपर्ने बताए । संविधानको रक्षासँगै घोषित समयमा निर्वाचन सम्पन्न गर्न कांग्रेसले अगुवाई गर्ने सचिव शर्माले बताए ।
