बागलुङ, २५ असोज
मानव अधिकार तथा शान्ति समाज बागलुङको अध्यक्षमा पत्रकार नवराज नेपाली चयन हुनुभएको छ ।
शनिबार सम्पन्न समाजको २९औँ साधारणसभाबाट सभापतिमा नेपालीसहित उपसभापतिमा हुमा रिजाल, सचिवमा अस्मिता गौतम, सहसचिवमा ईश्वर ठाकुर गौतम र कोषाध्यक्षमा रमेश पौडेल चयन हुनुभएको निर्वाचन अधिकृत प्रकाश बरालले जानकारी दिनुभयो ।
यस्तै सदस्यहरूमा रिताकुमारी खड्का, राजेन्द्र आचार्य, गोविन्द शर्मा, नन्दकुमारी ठकुरी , रेशम श्रीष र यशोधा शर्मा चयन हुनुभएको हो ।