• २०८३ कार्तिक १, शनिबार
  • 2026 October 17, Saturday
  • Unicode Converter

बागलुङको निसीमा सात थान भरुवा बन्दुक फेला

बागलुङ, २१ असोज

प्रहरीले निसीखोला गाउँपालिका –१ स्थित सल्लेरी सामुदायिक वनमा लुकाईछिपाइ राखेको अवस्थामा सात थान भरूवा बन्दुक फेला पारेको छ ।

इलाका प्रहरी कार्यालय बुर्तिबाङबाट खटिएको प्रहरी टोलीले नियमित गस्ती गर्ने क्रममा बुधबार वनभित्रको झाडीमा एक नाले ७ थान भरुवा बन्दुक फेला पारेको जिल्ला प्रहरी कार्यालय बागलुङका निमित्त सूचना अधिकारी यामनारायण अर्यालले जानकारी दिनुभयो ।

फेला परेको बन्दुकका बारेमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।