• २०८३ कार्तिक १, शनिबार
  • 2026 October 17, Saturday
  • Unicode Converter

बागलुङमा चाडपर्व लक्षित यात्रु सहायता कक्ष स्थापना

बागलुङ, २० असोज

नजिकिँदै गरेको विजयादशमी, दीपावली तथा छठ पर्वलाई लक्षित गर्दै बागलुङमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ।

चाडपर्वका बेला यात्रुहरूलाई हुन सक्ने असुविधा तथा समस्यामा सहजीकरण गर्ने, आवश्यक जानकारी उपलब्ध गराउने र यात्रालाई सहज तथा सुरक्षित बनाउने उद्देश्यले यात्रु सहायता कक्ष स्थापना गरिएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले जानकारी दिनुभयो।

बागलुङका मुख्य आगमन तथा प्रस्थान हुने स्थानहरू मालढुङ्गा, ट्राफिक चोक,गलकोट र बुर्तिबाङमा यात्रु सहायता कक्ष स्थापना गरिनेछ।

सहायता कक्षमा यात्रुका गुनासा तथा समस्याहरू टिपोट गर्नुका साथै आवश्यक जानकारी र सहजीकरण उपलब्ध गराइने प्रमुख आचार्यले बताउनुभयो।

त्यस्तै, जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक फणिन्द्र प्रसाईंले चाडपर्वका समयमा तोकिएको दरभन्दा बढी भाडा असुल्ने, सवारीको क्षमताभन्दा बढी यात्रु बोक्ने तथा यात्रुको सुरक्षामा असर पार्ने गतिविधिको निगरानीसमेत यात्रु सहायता कक्षमार्फत गरिने जानकारी दिनुभयो।