• २०८३ कार्तिक ३, सोमबार
  • 2026 October 19, Monday
  • Unicode Converter

जेन्जी प्रदर्शनमा कारागारबाट फरार व्यक्ति एक वर्षपछि पक्राउ

पोखरा, १९ असोज

गत वर्ष भदौ २४ गते भएको जेन्जी प्रदर्शनका क्रममा कास्की जिल्ला कारागारबाट फरार हुनुभएका पोखरा महानगरपालिका–२९ बस्ने ४५ वर्षीय उत्तम मगरलाई प्रहरीले पक्राउ गरेको छ । मगर सहकारी ठगी सम्बन्धी कसुरमा पुर्पक्षका लागि थुनामा रहेका बेला कारगारबाट फरार हुनुभएको थियो ।

प्रदेश प्रहरी कार्यालय, पोखरा र जिल्ला प्रहरी कार्यालय, कास्कीबाट खटिएको संयुक्त प्रहरी टोलीले उहाँलाई ललितपुरको महालक्ष्मी नगरपालिका–४ सानोगाउँबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले जानकारी दिनुभयो ।

प्रहरी परिसर ललिलपुरको सहयोगमा आइतबार पक्राउ परेका मगरलाई आवश्यक कारबाहीका लागि कास्की जिल्ला कारागारमा ल्याइएको उहाँले बताउनुभयो ।