• २०८३ कार्तिक ३, सोमबार
  • 2026 October 19, Monday
  • Unicode Converter

निसीखोलामा पहिरोमा परी दुई मजदुरको मृत्यु

बागलुङ, १९ असोज

बागलुङको निसीखोला गाउँपालिका–३ बोहरागाउँमा सडक निर्माणका क्रममा खसेको पहिरोमा परी दुई जना मजदुरको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्।

सोमबार बिहान करिब ७ः३० बजे झिवाखोलाबाट बोहोरागाउँ जाने भित्री सडकखण्डमा जेसीबीले सडक खन्ने क्रममा काम गरिरहेका मजदुरमाथि अचानक पहिरो खसेको थियो। पहिरोमा परी सल्यानका ३२ वर्षीय लालबहादुर बुढाथोकी र उदयपुर गाईघाटका ३२ वर्षीय राजु थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरिक्षक यामनारायण अर्यालले जानकारी दिनुभयो।

घटनामा रोल्पाका कृष्णबहादुर घर्ती गम्भीर घाइते भएका छन्। उनको  बुर्तिबाङ अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

सडक निर्माणका क्रममा मजदुरहरू काम गरिरहेको स्थानमा एक्कासि पहिरो खसेपछि घटना भएको हो।