• २०८३ आश्विन २२, बिहीबार
  • 2026 October 08, Thursday
  • Unicode Converter

बेगनास तालमा पौडी खेल्ने क्रममा युवकको डुबेर मृत्यु

पोखरा, १८ असोज

कास्कीस्थित बेगनास तालमा शनिबार पौडी खेल्ने क्रममा सल्यान घर भई हाल पोखरा महानगरपालिकामा बस्ने २४ वर्षीय नरेश विकको डुबेर मृत्यु भएको छ ।

तालमा डुबेर बेपत्ता हुनुभएका विकलाई सशस्त्र प्रहरी बलको गोताखोर टोलीले साँझ ७ बजे तालको २५ फिट मुनि मृत अवस्थामा फेला पारेको थियो ।

विकको शव परीक्षणका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले जानकारी दिनुभयो ।