• २०८३ आश्विन २६, सोमबार
  • 2026 October 12, Monday
  • Unicode Converter

गण्डकी सरकारले बाढीमा परी मृत्यु भएकाका परिवारलाई एक लाख राहत दिने 

पोखरा, १३ असोज

गण्डकी प्रदेश सरकारले बागलुङ, म्याग्दीलगायत जिल्लामा बाढीपहिराका घटनामा परी मृत्य भएकाका परिवारलाई रू. एक लाखका दरले राहत र २५ हजार किरिया खर्च दिने भएको छ ।

सोमबार बसेको प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता एवं आर्थिक मामिलामन्त्री जितबहादुर शेरचनले जानकारी दिनुभयो ।
बैठकले बाढीपहिरोबाट क्षति पुगेका विभिन्न जिल्लाका प्रभावित क्षेत्रको विस्तृत विवरण सङ्कलन गरी पुनर्निर्माण तथा पुनर्स्थापनाको काम प्राथमिकताका साथ अघि बढाउने निर्णय गरेको
उहाँको भनाइ छ । बाढीपहिरोका घटनाबाट गण्डकीमा ठूलो धनजनको क्षति पुगेको छ ।