• २०८३ कार्तिक २, आइतबार
  • 2026 October 18, Sunday
  • Unicode Converter

बाढीपहिरोमा परी बागलुङमा १० जनाको मृत्यु, एक बेपत्ता

बागलुङ, १२ असोज

लगातारको वर्षापछि आएको बाढीपहिरोमा परी बागलुङको ताराखोला, निसीखोला र तमानखोला गाउँपालिकामा १० जनाको ज्यान गएको छ । पहिरोमा एक जना अझै बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पहिरोमा परी ज्यान गुमाउनेमा ताराखोला गाउँपालिका-५ का ५५ वर्षीय मनबहादुर विक ५५ वर्ष, निसीखोसा-३ का ३६ वर्षीया श्याम कुमारी विक उहाँका तीन छोरा १३ वर्षीय मनोज, ८ वर्षीय युकेश र ३ वर्षका निशान विक रहनुभएको छ ।

यस्तै, निसीखोला-६ का ५० वर्षीय सुर्ज घर्ती मगर, तमानखोला गाउँपालिका-३ का ८० वर्षीय बुद्धिराज घर्ती, ६५ वर्षीय भिमवेदी घर्ती, तमानखोला-४ का ५० वर्षीय हस्तवीर श्रीपाली र ६५ वर्षीया उदिसरा विक श्रीपालीको मृत्यु भएको कार्यालयका प्रहरी उपरीक्षक फणिन्द्र प्रसाईँले जानकारी दिनुभयो । पहिरोमा परी तमानखोला-४ का एक जना सम्पर्कविहीन रहेको उहाँको भनाइ छ ।

बाढीपहिरोका घटनाले जिल्लामा ठूलो जनधनको क्षति भएको छ ।