बागलुङ, ३ असोज
नेपाली कांग्रेस बागलुङ नगरपालिका–२ को वडा अधिवेशनबाट खगेश्वर पौडेल सभापतिमा निर्वाचित हुनुभएको छ। अधिवेशनबाट पौडेलको नेतृत्वमा १४ सदस्यीय वडा कार्यसमिति सर्वसम्मत निर्वाचित भएको हो।
समितिको उपसभापतिमा एलिजा गौतम र दीपाकुमारी जिसी, सचिवमा निलेशराज राजभण्डारी, सहसचिवमा आनन्द बोसेल, तथा कोषाध्यक्षमा राजकुमार पौडेल निर्वाचित हुनुभएको छ। अधिवेशनले २३ जना क्षेत्रीय प्रतिनिधिसमेत चयन गरेको छ।
कार्यक्रमको उद्घाटन नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य चम्पादेवी खड्काले गर्नुभएको थियो ।