• २०८३ कार्तिक २, आइतबार
  • 2026 October 18, Sunday
  • Unicode Converter

गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल’ शुक्रबारदेखि

पोखरा, १ असोज

पोखरामा शुक्रबार र शनिबार गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल’ प्रतियोगिता आयोजना हुने भएको छ । कल्प मिडिया एण्ड मल्टिपर्पोज प्रालिअन्तर्गत नयाँलिपि न्यूज डटकमको आयोजनामा हुने उक्त प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको प्रालिका अध्यक्ष सुरज श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतियोगिताबाट बचत भएको रकम भोटेकोशी(त्रिशूली बाढी प्रभावितलाई सहयोग गरिने उहाँको भनाइ । पोखरा रंगशालास्थित बहुउद्देश्यीय खेल मैदानमा सञ्चालन हुने प्रतियोगिता खेलकुद पत्रकारबीचको सम्बन्ध विस्तार र भाइचाराका दृष्टिले पनि महत्वपूर्ण रहेको उहाँले बताउनुभयो ।

सूचना विभागको परिचयपत्र भएका तथा नेपाल पत्रकार महासंघ वा नेपाल खेलकुद पत्रकार मञ्चमा आबद्ध जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउनेछन् ।

प्रतियोगितामा सहभागी खेलाडीको खेल अवधिभर बीमासमेत गरिएको अध्यक्ष श्रेष्ठले बताउनुभयो । खेल लिग प्रणालीमा संचालन गरिने उहाँको भनाइ । अहिलसम्म चार टिम दर्ता भइसेकेको आयोजकले जनाएको छ ।

प्रतियोगिताको विजेता टोलीले नगद ५० हजार रुपैयाँ, शिल्ड, प्रमाणपत्र र मेडल प्राप्त गर्नेछ । दोस्रो हुने टोलीले नगद ३० हजार रुपैयाँ, शिल्ड, प्रमाणपत्र र मेडल प्राप्त गर्नेछन ।

व्यक्तिगत विधातर्फ सर्वोत्कृष्ट खेलाडी, सर्वोत्कृष्ट प्रशिक्षकलाई जनही पाँच हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ । त्यस्तै, प्रत्येक खेलमा म्यान अफ दि म्याच पुरस्कार नगद रू। एक हजार पाँच सय रुपैयाँ प्रदान गरिने भएको छ ।