बागलुङ, २६ भदौ
जिल्ला प्रहरी कार्यालय, बागलुङले १५०० ग्राम गाँजा र ३८० ग्राम चरेससहित एक महिलालाई पक्राउ गरेको छ।
शुक्रबार म्याग्दी जिल्ला धौलागिरी गाउँपालिका –२ स्थायी घर भई हाल बागलुङको ढोरपाटन नगरपालिका–१ बर्तिवाङ बजारस्थित मीना होटल एण्ड रेस्टुरेन्ट सञ्चालन गर्दै आएकी रामकुमारी थापा लाई पक्राउ गरिएको हो।
गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बुर्तिबाङबाट खटिएको प्रहरी टोलीले होटल तथा रेस्टुरेन्टमा खानतलासी गर्दा प्रतिबन्धित लागूऔषध बरामद गरेको हो ।
खानतलासीका क्रममा गाँजाजस्तो गन्ध आउने १ किलो ५०० ग्राम हरियो धुलो पदार्थ र चरेसजस्तो गन्ध आउने ३८० ग्राम कालो ठोस पदार्थ फेला परेको प्रहरीले जनाएको छ।
पक्राउ परेकी थापामाथि लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको र जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिनुभयो ।