• २०८३ कार्तिक २, आइतबार
  • 2026 October 18, Sunday
  • Unicode Converter

भारतीय कार फेवातालमा खस्दा दुईको मृत्यु, दुई घाइते

पोखरा, १९ भदौ

पोखरा महानगरपालिका -१८ सेदीबाट लेकसाइडतर्फ आउँदै गरेको भारतीय नम्बरको कार आज बिहान फेवातालमा दुर्घटना हुँदा कारमा सवार दुईको मृत्यु भएको छ । मृत्य हुनेमा भारतको बिहारका नवदीप कुमार यादव रहेको जिल्ला प्रहरी कार्यालय, कास्कीले जनाएको छ । मृतक अर्का पुरूषको पहिचान नखुलेको कार्यालयका प्रहरी निरीक्षक दीपकप्रसाद रिजालले बताउनुभयो ।

अचेत अवस्थामा उद्धार गरिएका उनीहरूलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याएपछि चिकित्सकले मृत घोषणा गरेका थिए ।दुर्घटनामा घाइते भएका बिहारका २७ वर्षीय अनमोल कुमार यादव र ३३ वर्षीय सुरज यादवको अस्पतालमा उपचार भइरेहेको जनाइएको छ ।

द्यच्ण्छ द्यद्य टठछढ नम्बरको कार चालकले नियन्त्रण गुमाई सडक बाट तल फेवातालमा खसेको प्रहरीले जनाएको छ । कार दुर्घटनाको खबर पाउनसाथ सशस्त्र प्रहरी बल नेपाल नं।२४ हेडक्वाटर कालिका गणबाट खटिएको गोताखोरसहितको टोलीले तत्कालै कारमा सवार चारै जनाको उद्धार गरेको थियो ।