• २०८३ आश्विन २३, शुक्रबार
  • 2026 October 09, Friday
  • Unicode Converter

गण्डकी प्रदेश प्रमुख भट्टद्वारा बाढी प्रभावितलाई राहत सहयोग

पोखरा, १७ भदौ

गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले भोटेकोशी–त्रिशूलीमा आएको विनाशकारी बाढीबाट प्रभावितहरुको सहयोगार्थ एक महिना बराबरको तलब प्रदान गर्नुभएको छ । प्रदेश प्रमख भट्टले उक्त राहत रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्नुभएको उहाँका प्रमुख स्वकीय सचिव रञ्जन अधिकारीले आज विज्ञप्तिामार्फत जानकारी दिनुभएको हो ।

बाढी प्रभावित परिवारहरूको राहत तथा पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्ययले प्रदेश प्रमुख भट्टले राहत सहयोग प्रदान गर्नुभएको उहाँले बताउनुभयो । प्रदेश प्रमुख भट्टले उद्धार र राहत कार्यमा अनवरत खटिएका सुरक्षाकर्मी, तीनै तहका सरकार, राजनीतिक दल, सामाजिक संघसंस्था, निजी क्षेत्र, सम्पूर्ण स्वयंसेवी एवं आर्थिक सहयोगदातासमेतलाई धन्यवाद ज्ञापन गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।