• २०८३ आश्विन २०, मङ्गलबार
  • 2026 October 06, Tuesday
  • Unicode Converter

अश्लील फोटो सार्वजनिक गरिदिने भन्दै ‘ब्ल्याकमेल’गर्ने एक पक्राउ

बागलुङ, १७ भदौ
अश्लील फोटो सामाजिक सञ्जालमा सार्वजनिक गरिदिने भन्दै एक महिलालाई ब्ल्याकमेल गरेको आरोपमा बागलुङ प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार पर्वतको जलजला गाउँपालिका–७ निवासी ४० वर्षीय वीरबहादुर सुनार लाई विद्युतीय अपराध सम्बन्धी कसुर मुद्दामा पक्राउ गरिएको हो।

प्रहरीका अनुसार सुनारले एक महिलाको अश्लील फोटो जबरजस्ती खिची ती फोटो पीडितका आफन्त तथा फेसबुक, म्यासेन्जर लगायत सामाजिक सञ्जालमा सार्वजनिक गरिदिने भन्दै ब्ल्याकमेल गरेका थिए।

पीडितको जाहेरीका आधारमा प्रहरीले मंगलबार नियन्त्रणमा लिएको र घटनाबारे थप अनुसन्धानका लागि बागलुङ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिई अनुसन्धान प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ