• २०८३ कार्तिक ७, शुक्रबार
  • 2026 October 23, Friday
  • Unicode Converter

प्रहरीले नागरिकमा भरोसा जगाउनुपर्छ – महानिरीक्षक कार्की

बागलुङ, १० भदौ

प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले प्रहरी सेवालाई चुस्त, पारदर्शी र भरोसायोग्य बनाउनुपर्ने बताउनुभएको छ । जिल्ला प्रहरी कार्यालय, बागलुङको नवनिर्मित भवनको बुधबार उद्घाटन गर्दै मानवीय संस्थाका रूपमा प्रहरीलाई स्थापित गर्नुपर्नेमा जोड़ दिनुभयो ।

“कुनैपनि नागरिक प्रहरी कार्यालय आउँदा डर होइन भर मानेर आउने वातावरण सिर्जना गर्नुपर्छ”, उहाँले भन्नुभयो, “भयमुक्त, सम्मानजनक र छिटोछरितो रूपमा सेवा प्रवाहको अनुभूति नागरिकलाई दिलाउनुपर्छ ।”

महानिरीक्षक कार्कीलाई शान्ति सुरक्षादेखि अपराध नियन्त्रणका अभियानमा प्रहरीले स्थानीय समुदायसँग सहकार्य गर्दै आएको बताउनुभयो । नागिरकको भरोसायोग्य संगठनका रूपमा नेपाल प्रहरी स्थापित हुँदै गएको उहाँको भनाइ छ ।

नयाँ भवन बनेसँगै जिल्ला प्रहरी कार्यालय, बागलुङको सेवा प्रवाह थप सहज हुने महानिरीक्षक कार्कीले बताउनुभयो । उहाँले प्रहरीले आफ्नो सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउँदै लैदाने बताउनुभयो ।

रू. नौ करोड ७१ लाखको लागतमा कार्यालय भवन, बयारें, हिरासत कक्ष, आवासलगायतका संरचना निर्माण गरिएको कार्यालका प्रहरी उपराक्षक फणिन्द्र प्रसाईँले जानकारी दिनुभयो ।

भवन उद्घाटन समारोहमा बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्य, गण्डकी प्रदेश प्रहरी प्रमुख डिआइजी दीपेन्द्र जिसीलगायतले मन्तव्य राख्नुभएको थियो ।