• २०८३ कार्तिक ७, शुक्रबार
  • 2026 October 23, Friday
  • Unicode Converter

गण्डकी सरकारबाट एमाले बाहिरिँदै

पोखरा, ९ भदौ

नेपाल कम्युनिष्ट पार्टी ९एमाले० गण्डकी प्रदेश सरकारबाट बाहिरिने भएको छ । आज बसेको संसदीय दलको बोर्ड बैठकले मन्त्री फिर्ता बोलाउने निर्णय गरेको दलका उपनेता लिलबहादुर थापा मगरले जानकारी दिनुभयो । एमालेका मन्त्रीहरुले आजै मुख्ममन्त्रीसमक्ष राजीनामा बुझाउने तयारी भइरहेको उहाँले बताउनुभयो ।

अन्य प्रदेशमा एमाले र नेपाली कम्युनिष्ट पार्टीबीच सत्ता सहकार्य भइरहेका सन्दर्भमा काँग्रेस नेतृत्वको गण्डकी प्रदेश सरकारमा सहभागी हुनु उचित नहुने निष्कर्षसहित मन्त्रीहरुलाई फिर्ता बोलाउने निर्णय गरिएको उपनेता थापा मगरले बताउनुभयो ।

नयाँ परिस्थितिमा कसरी अगाडि बढ्ने विषयमा नेपाली कम्युनिष्ट पार्टीलगायत अन्य दलहरुसँग एमालले सम्वाद सुरु गर्ने उहाँको भनाइ छ । दुई दलबीचको गठबन्धन अनुसार गण्डकीमा पनि सरकार निर्माणका लागि पहल अगाडि बढाइने उहाँको भनाइ छ ।

नेपाली काँग्रेसका सुरेन्द्रराज पाण्डे नेतृत्वको वर्तमान सरकारमा एमालेबाट गोविन्दबहादुर नेपाली भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा भीम कार्की, उद्योग तथा पर्यटन मन्त्रीमा यशोदा रिमाल र स्वास्थ्य मन्त्रीमा लक्ष्मण पाण्डे रहनुभएको छ ।