• २०८३ कार्तिक ५, बुधबार
  • 2026 October 21, Wednesday
  • Unicode Converter

बागलुङमा प्रबुद्धको सद्भाव ¥याली

बागलुङ, १६ साउन

शान्ति, एकता र मानवताको सन्देशसहित प्रबुद्ध युवा समूह, बागलुङले आज सदरमुकाममा सद्भाव ¥यालीको आयोजना ग¥यो । केही दिनयता तराई–मधेशमा देखिएको तनावबीच समूहले सबै जातजाति, धर्म, संस्कृति र समुदायबीच एकता र भातृत्व कायम गर्न आग्रह गर्दै सद्भाव ¥याली निकालेको हो ।

¥यालीमा सहभागी बागलुङ–१ का प्रतिनिधिसभा सदस्य शुसील खड्काले सबै धर्मको उद्देश्य मानवता र शान्ति रहेको बताउनुभयो । अहिलेको संवेदनशील घडीमा सबै पक्षले संयम अपनाउनुपर्ने उहाँको भनाइ छ । “हामी विभिन्न धर्म, जातजातिमा बाँडिएपनि सामाजिक एकता र सद्भाव सबैभन्दा महत्वपूर्ण कुरा हो”, उहाँले भन्नुभयो, “मानवता भन्दा ठूलो अर्को कुनै धर्म छैन ।”

बागलुङ–२ प्रतिनिधिसभा सदस्य सोम शर्माले सामाजिक एकता र सद्भावलाई बिथोल्न खोज्ने प्रवृत्तिको सबै मिलेर प्रतिवाद गर्नुपर्ने बताउनुभयो । सद्भाव ¥यालीमार्फत बागलुङले शान्ति र एकताको सन्देश दिएको उहाँको भनाइ छ । “शान्ति र एकता कायम गरौँ, सबै मिलेर बसौँ, मानवता प्रवद्र्धन गरौँ”, शर्माले भन्नुभयो । मुश्लिम समुदायका प्रतिनिधि आश्विन शेखले धर्मका नाममा कुनैपनि विभेद गर्न नहुने बताउनुभयो । सामाजिक सञ्जालमा फैलिएका भ्रमपूर्ण सूचना रोक्नुपर्ने उहाँको भनाइ छ ।

¥यालीमा सहभागीहरुले जिल्लामा धार्मिक, जातीय एवं साम्प्रदायिक सद्भाव कायम राख्ने प्रतिबद्धता जनाएका थिए । विभिन्न धार्मिक सङ्घसंस्थाका प्रतिनिधिलगायत सरोकार भएका पक्षहरुको ¥यालीमा सहभागिता रहेको थियो ।