• २०८३ कार्तिक ६, बिहीबार
  • 2026 October 22, Thursday
  • Unicode Converter

सार्वजनिकस्थलमा कार्यक्रम गर्नुअघि अनिवार्य स्वीकृति लिन कास्की प्रशासनको आग्रह 

पोखरा, १३ साउन
जिल्ला प्रशासन कार्यालय, कास्कीले सार्वजनिकस्थलमा कुनैपनि  कार्यक्रम सञ्चालन गर्नुपूर्व स्थानीय प्रशासनको अनिवार्य स्वीकृत लिन सबैमा आग्रह गरेको छ । कार्यालयले आज जारी गरेको सार्वजनिक सूचनामा पूर्वस्वीकृति नलिई सभा, जुलुस, प्रदर्शन तथा अन्य गतिविधि सञ्चालन गरेमा कानुन बमोजिम कारबाही हुने उल्लेख छ ।
सूचनामा विभिन्न व्यक्ति, संस्था वा समूहले आफ्नो विचार, दर्शन तथा कार्यक्रमको प्रचार–प्रसारका लागि सार्वजनिकस्थल प्रयोग गर्दा स्थानीय प्रशासनको अनुमति लिनुपर्ने उल्लेख गरिएको छ।
शान्तिपूर्ण रूपमा भेला हुन पाउने नागरिकको संविधान प्रदत्त अधिकारको सुनिश्चिततता गर्दै जिल्लामा सार्वजनिक प्रदर्शन, सभा, जुलुस वा यस्तै प्रकृतिका राजनीतिक तथा धार्मिक गतिविधि सञ्चालन गर्नुअघि स्थानीय प्रशासनको स्वीकृति लिएर मात्र कार्यक्रम आयोजना गर्न प्रशासनले अनुरोध गरेको हो ।