• २०८३ कार्तिक ५, बुधबार
  • 2026 October 21, Wednesday
  • Unicode Converter

बागलुङमा ट्राफिक जरिवानाबाट एक करोड छ लाख राजस्व संकलन

बागलुङ, ४ साउन
जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङले आर्थिक वर्ष २०८२/८३ मा सवारीसाधन कारबाही जरिवानाबाट १ करोड ६ लाख ४ हजार रुपैयाँ राजस्व संकलन गरेको छ।

कार्यालयका प्रमुख प्रहरी नायव निरीक्षक सन्तोष ज्ञवालीका अनुसार वर्षभरि १२ हजार ५५१ सवारीसाधनलाई कारबाही गर्दा उक्त राजस्व संकलन भएको हो।

सबैभन्दा बढी ६ हजार ७०५ वटा कार, जिप तथा भ्यानमाथि कारबाही गर्दा ५९ लाख ९ हजार ५०० रुपैयाँ राजस्व संकलन भएको छ। त्यसैगरी २ हजार ५९० वटा मोटरसाइकलबाट २० लाख ३३ हजार ५०० रुपैयाँ, ९२२ वटा ट्रकबाट ८ लाख ८६ हजार रुपैयाँ, ६७५ वटा बसबाट ५ लाख १३ हजार रुपैयाँ, ५५९ वटा ट्र्याक्टरबाट ४ लाख २४ हजार रुपैयाँ तथा अन्य १ हजार १०० वटा सवारीसाधनमाथिको कारबाहीबाट ८ लाख ३८ हजार रुपैयाँ राजस्व उठेको कार्यालयले जनाएको छ।

कार्यालयले आइतबार पत्रकार सम्मेलनको आयोजना गरि  सवारी कारबाहीको संख्या घटेसँगै पछिल्ला तीन वर्षयताकै कम राजस्व संकलन भएको जानकारी दिइएको हो । । आर्थिक वर्ष २०८२/८३ मा जिल्लामा भएका सवारी दुर्घटनामा १० जनाको मृत्यु भएको तथा ३२ जना घाइते भएको  कार्यालय  जनाएको छ।