• २०८३ आश्विन २५, आइतबार
  • 2026 October 11, Sunday
  • Unicode Converter

कालिका मन्दिरमा शर्मा दम्पतीद्वारा युरोगार्ड सहयोग

बागलुङ, ३ साउन

बागलुङ, बागलुङ कालिका मन्दिरमा बाबुराम शर्मा र उहाँकी पत्नी लक्ष्मीकुमारी शर्माले युरोगार्ड वाटर फिल्टर सहयोग गर्नुभएको छ।

आइतबार कुश्मा नगरपालिका–२, पर्वतका स्थायी बासिन्दा तथा हाल अमेरिकामा बसोबास गर्दै आएका शर्मा दम्पतीले कालिका गुठी व्यवस्थापन समितिका अध्यक्ष भुपेन्द्रबहादुर खड्कालाई रु। २ लाख २८ हजार बराबरको युरोगार्ड वाटर फिल्टर हस्तान्तरण गर्नुभएको हो।

मन्दिरमा आउने भक्तजन तथा दर्शनार्थीलाई शुद्ध पिउने पानी उपलब्ध गराउने उद्देश्यले स्वर्गीय हजुरबुवा कुलप्रसाद पाध्या, हजुरआमा काशिका पाध्या तथा सासूआमा बालिका सुवेदीको स्मृतिमा उक्त युरोगाड सहयोग गरिएको बाबुराम शर्माले बताउनुभयो।

कालिका गुठी व्यवस्थापन समितिका अध्यक्ष भुपेन्द्रबहादुर खड्काले शर्मा दम्पतीको सहयोगप्रति आभार व्यक्त गर्दै यसबाट मन्दिरमा आउने भक्तजन र दर्शनार्थीलाई शुद्ध तथा स्वच्छ पिउने पानी उपलब्ध गराउन सहज हुने बताउनुभयो