• २०८३ आश्विन २०, मङ्गलबार
  • 2026 October 06, Tuesday
  • Unicode Converter

बागलुङमा आदिकविको सम्झना

बागलुङ, २९ असार

बागलुङमा २१३औँ भानु जयन्ती मनाइएको छ। ‘साहित्यको उत्थान हाम्रो प्रतिबद्धता, साहित्यिक जागरणलाई दिऔँ निरन्तरता’ भन्ने नारासहित धौलागिरि साहित्य प्रतिष्ठान, विद्यामन्दिर पुस्तकालय, नारी साहित्य समाज, सार्थक प्रकाशन र स्मृति प्रकाशनको आयोजनामा रचना वाचन तथा भानुचित्र लेखन कार्यक्रम आयोजना गरिएको थियो।

कार्यक्रममा सार्थक प्रकाशनका अध्यक्ष युक्तप्रसाद सुवेदी, स्मृति प्रकाशनका उपाध्यक्ष रामचन्द्र शर्मा ‘उन्मुक्त’, चन्द्रबहादुर क्षेत्री ‘चन्द्रसूर्य’, ख्यामराज सुवेदी र गोविन्द सुवेदीले आफ्ना रचना वाचन गर्नुभएको थियो।

भानुचित्र लेखन प्रतियोगितामा १६ जनाको सहभागिता रहेको थियो। प्रतियोगितामा चन्द्रबहादुर क्षेत्री ‘चन्द्रसूर्य’ले बनाएको चित्र उत्कृष्ट घोषित हुँदै उहाँलाई पुरस्कार प्रदान गरिएको थियो।

धौलागिरि साहित्य प्रतिष्ठानका अध्यक्ष काजी रोशनको अध्यक्षता, विद्यामन्दिर पुस्तकालयका अध्यक्ष रामचन्द्र शर्माको स्वागत तथा स्मृति प्रकाशनका सचिव ताराप्रसाद शर्माको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो।