• २०८३ आश्विन २२, बिहीबार
  • 2026 October 08, Thursday
  • Unicode Converter

बागलुङमा घरको पर्खालले च्यापिएर पाँच वर्षीय बालकको मृत्यु

बागलुङ, २९

असार बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका–२ सलामकोटमा घरको पर्खाल भत्किँदा एक बालकको मृत्यु भएको छ।

आइतबार घरको पर्खाल भत्किँदा च्यापिएर बडिगाड गाउँपालिका–५ का पाँच वर्षीय आशिष भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख फर्णिन्द्र प्रसाईँले जानकारी दिनुभयो।

मावलीघर सलामकोटमा बस्दै आएका भण्डारी आँगनमा खेलिरहेका बेला अचानक घरको पर्खाल भत्किएर च्यापिएको प्रहरीको भनाइ छ।

पर्खालले च्यापिएर गम्भीर घाइते बनेका भण्डारीको उद्धार गरी बुर्तिबाङ प्रादेशिक अस्पतालमा ल्याइए पनि डाक्टरले मृत घोषणा गरेका थिए।