• २०८३ कार्तिक ७, शुक्रबार
  • 2026 October 23, Friday
  • Unicode Converter

पत्रकार महासंघ बागलुङद्वारा प्रकाशित ‘अबको पत्रकारिता’ विमोचित

बागलुङ, २६ असार

नेपाल पत्रकार महासंघ, बागलुङ शाखाको रजत वर्ष विशेष पुस्तक ‘अबको पत्रकारिता’ विमोचन गरिएको छ । बिहीबार आयोजित शाखाको १४औँ साधारणसभा तथा २६औँ स्थापना दिवस समारोहमा नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष दीपक आचार्य, जिल्ला समन्वय समितिका प्रमुख अम्मरबहादुर थापा, पत्रकार महासंघ गण्डकीका अध्यक्ष रमेश पौडेललगायतले संयुक्त रुपमा पुस्तक विमोचन गर्नुभयो ।

पुस्तकमा पत्रकारिता क्षेत्रका विज्ञ, अनुभवी पत्रकार, प्राध्यापक, सम्पादकलगायतका लेख समेटिको छ । पुस्तकमा पत्रकार महासंघ, बागलुङको स्थापनाकालदेखि हालसम्मका गतिविधि समेटिएका लेख/रचना र तस्बिरहरु पनि समावेश गरिएको महासंघका सचिव नारायण रिजालले जानकारी दिनुभयो । पुस्तकले पत्रकारितामा आएको डिजिटल रुपान्तरण र बदिलिँदो आयामबारे पत्रकारलाई दिशाबोध गर्ने विश्वास महासंघले लिएको छ ।

पत्रकार, आमसञ्चार विषयका विद्यार्थी, अनुसन्धानकर्मी आदिका लागि उक्त पुस्तक पठनीय र सङ्ग्रहणीय रहेको जनाइएको छ । महासंघले रजत वर्षको अवसर पारेर पुस्तक प्रकाशनसँगै विविध रचनात्मक कार्यक्रम आयोजना गरेको थियो । महासंघको कार्यलय परिसरमा रजत स्तम्भ राखिएको छ । रजत वर्षकै अवसरमा गत चैत २० र २१ गते ‘बागलुङ मिडिया मेला–२०८२’ आयोजना गरिएको थियो ।