पोखरा, १९ असार
कास्कीलाई पूर्ण खोप सुनिश्चिता तथा दिगोपना भएको जिल्लाका रुपमा घोषणा गरिएको छ । जिल्ला समन्वय समितिमा बिहीबार आयोजित समारोहमा उक्त घोषणा गरिएको हो । पूर्ण खोप सुनिश्चितता निर्देशिका–२०७१ बमोजिम जन्मेदेखि २३ महिनाभित्रका बालबालिकाले आवश्यक सबै खोप पाएपछि पूर्ण सुनिश्चित जिल्ला घोषणा गर्न सकिने व्यवस्था छ ।
सो अवसरमा जिल्ला समन्वय समितिका प्रमुख लिलाधर पौडेलले बालबालिकाको स्वास्थ्य र सुरक्षित भविष्यका लागि यो अभियान प्रभावकारी भएको बताउनुभयो । समारोहमा गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रालयका सचिव डा युवानिधी बसौला, मन्त्रालयका अतिक्ति सचवि खिमबहादुर खड्कालगायत पूर्ण खोप सुनिश्चितता तथा दिगोपना अभियानको महत्वपबारे भनाइ राख्नुभएको थियो ।
सोही अवसरमा अभियान सफल पार्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई सम्मान गरिएको थियो । पहिलोपटक विसं २०७५ मा गण्डकी प्रदेश नै पूर्ण खोप सुनिश्चित प्रदेश घोषणा भएपनि त्यसयता बर्सेनि हरेक स्थानीय तह, जिल्ला र प्रदेशलाई पूर्ण खोप सुनिश्चितता र दिगोपना घोषणा गर्ने गरिएको छ । जन्मेदेखि २३ महिना उमेर समूहका बालबालिकाले १३ प्रकारका रोगविरुद्ध लगाइने सम्पूर्ण खोप पाएपछि उक्त घोषणा हुने गरेको हो ।
कुनैपनि बालबालिका खोपबाट बञ्चित नभएको अवस्थामा पूर्ण खोप सुनिश्चित घोषणा गर्ने गरिएको छ । घोषणासँगै यसको दिगोपनाका लागि हरेक वर्ष खोप अभियान सञ्चालन गर्ने गरिएको छ । खोप लगाउनबाट कुनै पनि बालबालिका बञ्चित हुन नपरोस् भनेर खोजीखोजी खोप लगाउने गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । माृत तथा नवशिशु मृत्युदर घटाउन पूर्ण खोप अभियानले सहयोग पु¥याइरहेको स्वास्थ्यकर्मीहरुको भनाइ छ ।